यी पुस्तकहरूमा भएको शिक्षाले तपाईंको हृदयमा भएको तिर्खालाई मेटाउनेछ। आजका इसाईहरू आफूले गर्ने दैनिक पापहरूको वास्तविक समाधानको बारेमा अनभिज्ञ रहेर नै आफ्नो जीवन बिताइरहेका छन्। के तपाईंलाई थाह छ परमेश्वरको धार्मिकता के हो? लेखक यो आशा गर्छन् कि तपाईंले आफैंलाई यो प्रश्न गर्नुहुनेछ र परमेश्वरको धार्मिकतामा विश्वास गर्नुहुनेछ, जसको बारेमा यी पुस्तकहरूमा विस्तृत रुपले व्याख्या गरिएको छ।
प्रारब्ध, दोष मुक्ति, र क्रमिक-पवित्रीकरणको सिद्धान्त इसाई जगतका प्रमुख सिद्धान्तहरू हुन्, जसले विश्वासीहरूका आत्मामा केवल अन्योल र रिक्तता ल्यायो। तर, प्रिय ख्रिष्टियानहरू, अब समय हो तपाईंहरूले सत्यमा रहिरहने जसको बारेमा तपाईंहरूले जान्नुभएको छ र जुन निश्चय गरिएको छ।
यी पुस्तकहरूले तपाईंलाई ठूलो समझ दिनेछन् र तपाईंलाई शान्तितर्फ डोर्याउनेछन्। लेखक परमेश्वरको धार्मिकता जानेर प्राप्त हुने आशिष तपाईंले पाउनुहोस् भनी इच्छा गर्छन्।