नयाँ गरी जन्मनुको बारेमा धेरै ईसाई पुस्तकहरू लेखिएको भए तापनि, यो नै हाम्रो समयको पहिलो पुस्तक हो जसले पूर्णरुपमा पवित्र धर्मशास्त्रमा आधारित भई पानी र आत्माको सुसमाचारको प्रचार गर्दछ। मानिस पानी र आत्माद्वारा नयाँ गरी नजन्मिकन स्वर्गमा प्रवेश गर्न सक्तैन। नयाँ गरी जन्मनुको अर्थ हुन्छ मानिस उसको जीवनभरिका सम्पूर्ण पापहरूबाट येशूको बप्तिस्मा र उहाँको क्रूसको रगतमा विश्वासद्वारा बचाइएको छ। हामी पानी र आत्माको सुसमाचारमा विश्वास गरौं र पापरहित धर्मी जनको रुपमा स्वर्गको राज्यमा प्रवेश गरौं।