Search

EBOOK E AUDIOLIBRI GRATUITI

Il Tabernacolo

Nepalese  9

पवित्र वासस्थान: येशू ख्रीष्टको सजीव चित्रण (१)

Rev. Paul C. Jong | ISBN 9788928238743 | Pages 291

Scarica eBook e audiolibri GRATUITI

Scegli il formato file preferito e scaricalo in modo sicuro sul tuo dispositivo mobile, PC o tablet per leggere e ascoltare le raccolte di sermoni in qualsiasi momento e ovunque. Tutti gli eBook e audiolibri sono completamente gratuiti.

Puoi ascoltare l'audiolibro tramite il lettore qui sotto. 🔻
Possiedi un libro in brossura
Acquista un libro in brossura su Amazon
हामी कसरी पवित्र वासस्थानमा लुकेको सत्यलाई जान्न सक्छौं? जब हामी पानी र आत्माको सुसमाचारलाई जान्दछौं, अर्थात् पवित्र वासस्थानको वास्तविक तत्वलाई, तब मात्र हामी यस प्रश्नको सही उत्तर थाह पाउन सक्छौं।
वास्तवमा, नीलो, बैजनी, र रातो रङ्गको धागो र मसिनो गरी बुनेको सूती कपडाका पर्दाबाट बनेको पवित्र वासस्थानको ढोकाले हामीलाई येशू ख्रीष्टको कार्यको बारेमा बताउँछ जुन उहाँले नयाँ करारको समयमा सम्पन्न गर्नुभयो र जसद्वारा मानवजातिको उद्धार भएको छ। यसरी, पूरानो करारको पवित्र वासस्थानको वचन र नयाँ करारको वचन एक-आपसमा नजिकसँग गाँसिएका छन्, मसिनो गरी बुनिएको सूती कपडाझैं। तर, दुर्भाग्यवश, इसाई जगतमा यो सत्य लामो समयसम्म लुकेर बस्यो।
यस पृथ्वीमा आएर, येशू ख्रीष्टले यूहन्नाबाट बप्तिस्मा लिनुभयो र क्रूसमा आफ्नो रगत बगाउनुभयो। पानी र आत्माको सुसमाचारलाई नबुझिकन र यसमा विश्वास नगरिकन, हामीमध्ये कोही पनि पवित्र वासस्थानमा प्रकट भएको सत्यलाई थाह पाउन सक्दैनौं। हामीले अब पवित्र वासस्थानको यस सत्यलाई जान्नुपर्छ र यसमा विश्वास गर्नुपर्छ। हामी सबैले त्यो सत्यलाई महसुस गर्नुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ जुन नीलो, बैजनी, र रातो धागो अनि मसिनो गरी बुनेको सूती कपडाको पर्दाबाट बनेको पवित्र वासस्थानको चोकको ढोकामा प्रकट भएको छ।
Di Più

Libri correlati a questo titolo

The New Life Mission

Partecipa al nostro sondaggio

Come hai saputo di noi?